An elderly woman and her 12 year old grandson killed while crossing the 6-lane Bhaktapur road. Note that dozens were already killed after the road is widened to 6-lane. This is exactly why we need to oppose construction of multilane highways through the dense urban settlements. Bigger roads are not people-friendly- they are recipes of disaster. Just imagine the plights of thousands of people crossing that road stretch everyday.
Beware that more roads Tinkune-Maitighar road stretch and Ring Road are being expanded to 8-lane highways. We gotta to oppose these projects and demand more people friendly road infrastructures- bigger roads not equal to better mobility. Do not tell me that bigger and chillo motor roads symbolizes the prosperity of the country. And do not tell me that the government should build overhead bridge for pedestrian crossing.
When the government and so-called development partner can build one of the expensive 6-lane roads for vehicles, how come they not install simple solar street lamps for pedestrians? The government, Department of Roads and JICA have bloods in their hands!
http://www.nagariknews.com/feature-article/story/7340
६ लेन सडकले परिवारमै अँध्यारो
भक्तपुर – बूढामावलीमा भोज खाएर शुक्रबार साँझ १२ वर्षे सलिम प्रजापति हजुरआमा, आमा र काकीसँग फर्कंदै थिए। शंखधरचोकमा उनले आमा र काकीलाई घर जाने बस चढाए। साढे ७ बजिसकेकाले आफू भने हजुरआमालाई डोर्याउँदै बाटो काट्न लागे। बाटो छिचोल्न तीन पाइला मात्र बाँकी थियो। तीव्र गतिमा आएको मोटरसाइकलले दुवैलाई ठक्कर दियो।सलिमले हजुरआमालाई घरसम्म पुर्याउनै पाएनन्।
तीनकुने–सूर्यविनायक ६ लेन सडकमा शुक्रबार साँझ ६२ वर्षीया हजुरआमा केशरीमायासँगै सलिमले जेब्रा क्रसिङमै ज्यान गुमाए। उनी स्थानीय प्यारागन एकडेमीमा कक्षा ६ मा पढ्थे।
थिमिस्थित बूढामावलीमा भोज खाएर आमा, काकी र हजुरआमासँगै सलिम साँझ ७ बजेतिर निस्किएका थिए। रात परेकाले हजुरआमाको साथी बनेर उनी आमासँग छुट्टिएका थिए। ‘आमा र काकीलाई शंखधरचोकबाट च्याम्हसिंहको बस चढाएर हजुरआमासँग नयाँ थिमि जाँदै थियो,’ बुबा सिद्धान्तले भने, ‘हजुरआमालाई साथी छैन, म लिएर जान्छु। भोलि बिहान फर्कन्छु भन्दै थियो रे। कहिल्यै नफर्केने गरी गयो।’
उनका अनुसार एकैचोटि आमा र छोरा गुमाएकी सूर्यकेशरी छिनमा होस आउने र छिनमा अर्धचेत हुने गरेकी छन्।
सडक ६ लेन भएसँगै तीनकुने–सूर्यविनायक खण्डमा दुर्घटना संख्या बढेको छ। सवारी तीव्र गतिमा गुड्छन्। बत्ती नभएकाले सडकमा पैदल यात्रु भए–नभए ठम्याउन उनीहरूलाई मुस्किल पर्छ। सडक व्यवस्थापनको जिम्मा पाएको ट्राफिक प्रहरीसँग सवारीको गति नाप्ने यन्त्रसम्म छैन।
‘सलिम र उनकी हजुरआमा जेब्रा क्रसिङबाट सडक पार गर्दै थिए,’ सल्लाघारीका ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र पोखरेलले भने, ‘तीव्र गतिमा आएको मोटरसाइकलले दुवैलाई ठक्कर दियो।’
घटनास्थल निरीक्षण गरेर फर्केका उनका अनुसार दुवैले बाटो काट्न तीन पाइला मात्र बाँकी थियो। मोटरसाइकलको ठक्करले दुवैलाई उछिट्यायो। सडक ६ लेनको भएकाले चालकहरूले तीव्र गतिमा हाँक्ने गरेको उनले बताए। गति नियन्त्रण गर्न असमर्थ रहेको लाचारी पनि उनको थियो।
‘राडर गन (गति जाँच्ने मेसिन) बिग्रेको एक महिना भयो,’ उनले भने, ‘राडर गन नहँुदा पनि दुर्घटना बढेको छ।’ यस क्षेत्रमा महिनामा २० भन्दा बढी दुर्घटना हुने गरेको उनले सुनाए।
एसएच कलेजचोक नजिक भएको शुक्रबारको दुर्घटनामा मोटरसाइकल चालक सप्तरीका राहुलकुमार साह घाइते छन्। भक्तपुरस्थित इन्जिनियरिङ कलेजमा पढ्ने उनको राजधानीस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
घाइते राहुलले सडकमा केही नदेखेकाले दुर्घटना भएको बताएका छन्। ‘मैले सडकमा केही देखिन भन्दै चालक कराउँदै थिए,’ ट्राफिक प्रहरी निरीक्षक पोखरेलले भने, ‘मापसे चेक गर्दा उसले रक्सी सेवन गरेको पनि देखिएन। रातको समयमा सडक बत्ती नभएकाले दुर्घटना भएको हुन सक्छ।’
रातको समयमा सडक पार गर्न समस्या परेको भन्दै स्थानीय सडकबत्तीको माग गरेको निकै भयो। सरोकारवाला निकायले बेवास्ता गर्दै आएको छ।
‘हामीले धेरैपटक बत्तीको माग गर्यौं, तर पूरा भएन,’ नयाँ थिमिका जीवन श्रेष्ठले भने, ‘बालबालिका र वृद्धवृद्धालाई बाटो काट्न निकै समस्या छ।’ सडकबत्तीको माग गर्दै स्थानीयले शनिबार राजमार्ग बन्दसमेत गराएका थिए।
काठमाडौं–भक्तपुर सडक विस्तार आयोजनाले भने रकम अभावले बत्ती हाल्न नसकेको बताउँदै आएको छ। ‘हामीले लागत रिपोर्ट तयार गरेर दुई वर्षअघि नै सम्बन्धित निकायमा फाइल पठाएका हौं,’ आयोजनाका इन्जिनियर किरण कार्कीले भने, ‘अहिले सम्म कतैबाट बजेट आएको छैन।’
उनका अनुसार सडकबत्तीका लागि करिब १० करोड खर्च लाग्छ। जापानले दुई अर्बभन्दा बढी खर्चेर सडक बनाइदिए पनि नेपाल सरकारले बत्तीको व्यवस्था गर्न सकेको छैन।